चालु आर्थिक वर्षको पहिलो चौमासमा दुई अर्बबढीको तास आयात

भूगाेल संवाददाता
२५ मंसिर २०७९, आईतवार १३:३३

 

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासमा नेपालमा दुई अर्ब रुपैयाँभन्दा बढीको तास आयात भएको छ ।

 

भन्सार विभागले सार्वजनिक गरेको विवरणानुसार साउनदेखि कात्तिकसम्म नेपालमा दुई अर्ब २९ करोड ६५ लाख ६१ हजार रुपैयाँको तास आयात भएको छ ।

 

यो अवधिमा चीनबाट दुई अर्ब दुई करोड १० लाख ८३ हजारको तास आयात भएको छ । भारतबाट २७ करोड ५४ लाख ७८ हजार रुपैयाँको तास आयात भएको विभागले जनाएको छ ।

 

त्यसबापत सरकारले दुई करोड ८० लाख ६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*