सुनको मुल्य बढ्यो कतिमा हुदैछ कारोबार ?

हेटौंडा। ६ दिनमा सुनको भाउ तोलामा ५ हजार ३ सय रुपैयाँ बढेको छ । गत शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँ रहेको सुनको भाउ आज बिहीबार १ लाख ९८ हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा स्थिर हो । हिजो पनि यही मूल्यमा कारोबार भएको थियो । गत मंगलबार सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको रेकर्ड बनेको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३०५ रुपैयाँ रहेको चाँदी आज २३१५ रुपैयाँ पुगेको छ ।