गृह सचिवसहित तीन सचिवको सरुवा
भूगाेल संवाददाता
७ आश्विन २०८२, मंगलवार १३:२४
हेटौंडा । सरकारले गृह सचिवसहित तीन सचिवको सरुवा गरेको छ। प्रशासन सिंहदरवार विशेष ब्यूरो स्रोतका अनुसार गृह सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा पठाइएको छ। दुवाडीको स्थानमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई ल्याइएको छ। यस्तै, राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ।

