हर्नामाडीमा बाघले बाख्रा मार्यो
हेटौंडा । हेटौंडा उपमहनगरपालिका वडा नम्बर १८ स्थित हर्नामाडीको गुम्बाडाँडामा बाघले बाख्रा मारेको छ । आज राती स्थानीय हरिमाया मोेक्तानको घरमा रहेको २ वटा बाख्रा बाघले मारेको हो ।
ठुलोदमार प्रहरी चौकीका ईन्चार्ज एवं सई अर्जुृन प्रसाद देवकोटाका अनुसार मोक्तानको घरमा रहेको ३ वटा बाख्रामध्ये एउटा ब्याउने अवस्थामा रहेको र अर्को ठाडो पाठीलाई मारेको हो । बाख्रा मरेको प्रकृति हेर्दा बाघले नै मारेको आंशका रहेको सई देवकोटाको भनाई छ ।
मोक्तानले कृषक समूहबाट एकवर्ष अघि मात्रै बाख्रा खरिद गर्नुभएको हो । आर्थिक अवस्था कम्जोर रहेको उहाँको यस घटनाले झण्डै २५ हजार नोक्सान भएको छ ।
गाउँमा बाघ पसेको खबरले स्थानीय त्रसित बनेका छन् । स्थानीय रमेश सिलवालले पछिल्लो समयमा बनजंगलमा अत्याधिक झाडीहरु बढेकाले बन्यजन्तु गाउँ पस्न थालेको बताउनुभयो । गाउँमै बाघ पस्न थालेपछि रातीको समयमा दिशापिसाबका लागि बाहिर निस्कन समेत डर भएको उहाँको भनाई छ ।