मकवानपुरमा कृत्रिम गर्भाधानले दूध उत्पादन बढाउँदै
हेटौंडा । पछिल्लो समय मकवानपुरमा कृत्रिम गर्भाधानमा पशुपालक किसान आकर्षित भएका छन् । दूधको उत्पादन बढ्न थालेपछि किसान कृत्रिम गर्भाधानतर्फ अघि बढेका छन् । मकवानपुरको दश वटै स्थानीय तहका धेरै जसो किसानहरुले गाई र भैसीका लागि कृतिम गर्भाधान गराउने गरेका छन् । गाई, भैसीमा कृतिम गर्भाधान गराएपछी दूध उत्पादनमा बृद्धी भएको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ का किसान श्याम सापकोटाले बताए । एक दुइ वटा गाई, भैसी पालन गर्ने किसान र खासगरी व्यावसायिक पशुपालन फर्मका गाईभैँसीलाई कृत्रिम गर्भाधान गर्न थालिएको हो । हरेक वर्ष गाई, भैसीमा कृतिम गर्भाधान गराउने किसानको सख्या बढ्दै पनि गएको छ । यहाँका गाइ र भैसी फार्ममा अझै धेरै कृतिम गर्भाधान गरिदै आएको छ ।
कृतिम गर्भाधानमा मकवानपुरका स्थानीय सरकारले पनि सहयोग गरेका छन् भने अरु निजी स्तरमा प्राविधिकहरुले पनि गाई, भैसीलाई कृतिम गर्भाधान गराइरहेका छन् । पछिल्ला वर्षहरूमा कृत्रिक गर्भाधान सेवाको माग र प्रभावकारिता दुवै बढ्दै गएको स्थाीय तहका प्राविधिकहरु बताउँछन् । किसानको दूधको उत्पादन वृद्धिसँगै उन्नत जातको गाईभैँसी उत्पादनमा कृत्रिम गर्भाधानले ठूलो योगदान पुयाएको किसानहरु बताउँछन् । विर्य खरिद स्वयं किसानको हुन्छ भने ढुवानी र सेवा पशु विज्ञ केन्द्रको हुनेछ ।
कृतिम गर्भाधानले उत्पादन वृद्धि, जात सुधार, रोग नियन्त्रण, खर्च र समयको बचत लगायतको फाइदा पुग्ने हेटौंडाका पशुपालक किसान घमराज सापकोटाले जानकारी दिए । गुणस्तरीय जातका गाईभैँसीबाट प्राप्त विर्य प्रयोग गर्ने भएकाले दूध उत्पादन गर्ने क्षमता बढी भएको सन्तान प्राप्त गर्ने गरेको पाइन्छ । यस्तै विदेशी वा उच्च उत्पादन दिने जातका पशुको विर्य प्रयोग गरेर स्थानीय जात सुधार गर्ने गर्दा दूधको उत्पादनमा तीन गुणासम्म वृद्धि भएको पशु प्राविधिकहरु बताउँछन् ।

