राष्ट्रपतिले जारी गरे मतदाता नामावली अध्यादेश
हेटौंडा। राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन अध्यादेश जारी गरेका छन् । फागुन २१ गतेका लागि निर्वाचन घोषणा भइसकेपछि पुनः मतदाता नामावली संकलनसहितका कानूनी प्रबन्ध फुकाउनका लागि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति पौडेलले ‘मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश’ जारी गरेका हुन् । अब मतदाता नामावलीमा पुनस् नाम दर्ता गराउन पाइनेछ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले अन्तरिम सरकारको पहिलो अध्यादेश जारी गरेका हुन् ।

