गरी खाना देऊ सरकार ! (तस्वीरहरू)

भूगाेल संवाददाता
५ असार २०८१, मंगलवार १६:०३

 काठमाडौं । कबाड व्यवसायीहरूले मंगलबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।काठमाडौं महानगरपालिकाले रिङरोड भित्र सञ्चालित कबाड संकलन केन्द्र हटाउने निर्णय गरेर आफूहरूलाई गरिखान नदिएको कबाड व्यवसायी संघर्ष समितिको आरोप छ।थापाथलीबाट महानगरसम्म प्रदर्शन गरेका उनीहरूले गरी खाना देऊ सरकार, छोटे राजाहरूको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गरजस्ता प्लेकार्ड बोकेका थिए ।आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कबाड हटाउन महानगर लागिपरेको व्यवसायीहरूको भनाइ छ ।कबाड संकलन केन्द्रका कारण धेरै असुरक्षा बढेको गुनासो जनप्रतिनिधिहरूले नै गरेपछि नक्सापास नगरी राखिएका कबाड संकलन केन्द्रमा महानगरले यसअघि डोजर चलाएको थियो ।महानगरका अनुसार महानगरभित्र ९० वटा कबाडी संकलन केन्द्र रहेको र ३२ वटै वडामा कतैपनि कवाडी व्यवसाय राख्न नदिने नीति महानगरको छ ।कबाड व्यवसायीहरूले आइतबार र सोमबार पनि महानगरविरुद्ध प्रदर्शन गरेका थिए ।