रुख ढल्दा चपुर–पथलैया प्रसारण लाइनमा क्षति, विद्युत् आपूर्ति प्रभावित

भूगाेल संवाददाता
७ असार २०८१, बिहीबार १२:४२

काठमाडौं । हावाहुरीले रुख ढाल्दा पूर्व–पश्चिम १३२ केभी चपु-पथलैया प्रसारण लाइन खण्डमा क्षति पुगेको छ । बिहीबार बिहान साढे ११ बजेतिर हावाहुरीले उक्त खण्डमा रुख ढल्दा प्रसारण लाइनमा क्षति पुगेको हो । राष्ट्रिय प्रसारण प्रणालीको उक्त खण्डको लाइन क्षति पुग्दा देशभरको विद्युत् आपूर्ति प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषले जानकारी दिए । उनले वैकल्पिक व्यवस्था गरी क्रमकि रुपमा विद्युत् आपूर्ति सुचारु गर्ने कार्य भइरहेको उल्लेख गरे ।