आज बागमती सरकारबाट बाहिरिदै एमाले

भूगाेल संवाददाता
२४ असार २०८१, आईतवार १२:२५

हेटौंडा-बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने भएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल कुररिरहेका एमालेका मन्त्रीहरुले आज राजीनामा बुझाएर सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेका हुन् । मुख्यमन्त्री जम्मकट्टेल केहीदिन देखि काठमाडौँ रहेका कारण राजीनामा बुझाउन नपाएका एमालेका मन्त्रीहरुले आज सरकार छोड्न लागेको एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए । प्रदेशका अर्थमन्त्री समेत रहेका थपलियाका अनुसार आज मुख्यमन्त्री हेटौंडा आउने जानकारी पाएपछि राजीनामाको तयारी गरिएको हो । बागमती प्रदेश सरकारमा एमालेका ५ मन्त्री छन् । अर्थमन्त्री थपलिया सहित वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेल, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ, खानेपानी उर्जा तथा सिंचाई मन्त्री एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ छन् ।