मुख्यमन्त्री जम्मकट्टेलको काँधमा थप ५ मन्त्रालय

भूगाेल संवाददाता
२६ असार २०८१, मंगलवार १२:३७

हेटौंडा–बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको काँधमा ५ वटा मन्त्रालयको जिम्मेवारी थपिएको छ। अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलको काँधमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सहित एमालेले छोडेको ५ मन्त्रालयको जिम्मेवारी परेको हो। मुख्यमन्त्री जम्मकट्टेल हाल मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सहित आर्थिक मामिला तथा योजना मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, स्वास्थ्य मन्त्रालय र खानेपानी उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारीमा छन्। प्रदेश सरकारमा रहेका एमालेका अर्थ मन्त्री जगन्नाथ थपलिया, वन मन्त्री केशवप्रसाद पोखरेल, खानेपानी मन्त्री एकालाल श्रेष्ठ, उद्योग मन्त्री प्रकाश श्रेष्ठ र स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले सोमबार सामूहिक राजीनामा दिएका हुन्।