सडकमा लेदो बग्न थालेपछि अरनिको राजमार्गमा सवारी बन्द

भूगाेल संवाददाता
२७ असार २०८१, बुधबार १०:४८

काठमाडौँ । सडकमा लेदो बग्न थालेपछि काभ्रेमा सवारी साधन रोकिएका छन् । धुलिखेल नगरपालिका ८ पकुचास्थित अरनिको राजमार्गमा अविरल वर्षाको कारण सडक हिलो भएपछि गाडी चलाउन बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।हिलोको काराण गाडी गुडाउन समस्या भएपछि बुधबार बिहानदेखि बाटो दुवैतर्फ सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।प्रहरीले बाटो खुलाउने हरसम्भव प्रयास गरिरहेको जनाएको छ । त्यसका लागि सडक विभागसँग पनि समन्वय भैरहेको काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।