मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु

भूगाेल संवाददाता
२७ असार २०८१, बुधबार ११:१३

हेटौंडा / मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका—८ का ३७ वर्षीय दिक्पाल स्याङ्तानको करेन्ट लागेर मृत्यु भएको हो ।
स्थानीय रामबहादुर घिसिङको बारीमा रहेको विद्युतको पोलको तार छुटाउन जाने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृतक स्याङ्तानको शव पोष्मार्टमका लागि बुधबार बिहान हेटौंडा अस्पताल ल्याएइको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताए ।