शैक्षिक सुधारका लागि नवोदय इनोभेसन सेन्टर

भूगाेल संवाददाता
२७ असार २०८१, बुधबार १७:३३

हेटौंडा / शिक्षकहरुको शैक्षिक सुधारका लागि हेटौंडा ४ कमलडाँडामा रहेको नवोदय शिशु सदन माविको शैक्षिक सूधारका निम्ती नवोदय इनोभेसन सेन्टर सञ्चालनमा ल्याएको छ । शिक्षक र विद्यार्थीहरुलाई भविष्यका लागि तयार गर्ने लक्ष्यले नवोदय इनोभेसन सेन्टर सञ्चालनमा ल्याइएको बताइएको छ ।
नवोदय शिशु सदनले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै यस सेन्टरको प्रभावकारीको बिषयमा जानकारी गराएको हो ।

आधारभूत तहका लागि सक्षम शिक्षक तयार गर्ने उदेश्यका साथ १ बर्षे डिप्लोमा कोर्स सञ्चालन गर्ने नवोदया इनोभेसन सेन्टरका तालिम प्रमुख नरेन्द्रकुमार नगरकोटीले जानकारी दिए ।
उक्त कोर्सका लागि २४ जनालाई सहभागी गराइने बताइएको छ । प्रशिक्षार्थी शिक्षकले आफूले सिकेका कुरा कक्षाकोठामा अभ्यास गर्न लगाइने नगरकोटीले जानकारी दिए । हाल कोर्स रिजष्ट्रेसन खुल्ला रहेको विद्यालयले जनाएको छ । फारम भर्ने समय सकिएपछि तालिम सञ्चालन गरिनेछ । विद्यालयका अनुसार बिहान र साँझको समयमा तालिम दिइनेछ ।