मकवानपुरको बागमतीमा एकैदिन ८ वटा पुल शिलान्यास

भूगाेल संवाददाता
२१ फाल्गुन २०७९, आईतवार १७:३६

मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकामा एकैदिन ८ वटा पुलको शिलान्यास भएको छ । पालिकाको वडा नं. ३,मा रहेको लखन खहरेमा निर्माण हुन लागेको पुलको शिलान्यास भएको हो

बागमती प्रदेश सरकार र पालिकाको समपुरक बजेटबाट निर्माण हुन लागेको उक्त पुलको वडा नं. ३ का अध्यक्ष कमान सिं पाख्रिनले शिलान्यास गर्नुभयो ।
प्राविधिक लागत स्टिमेट १ करोड ९७ लाख ८१ हजार १ सय ६७ रुपैयाँ ०९ पैसा रहेकोमा निर्माण व्यवसायी भैरव निर्माण सेवा काठमाण्डौलाई १ करोड ७ लाख ८२ हजार २ सय ५७ रुपैयाँ ६२ पैसामा ठेक्का परेको पालिकाका सब इन्जिनियर राजेन्द्र बहादुर बोहोराले जानकारी दिनु भयो ।

पालिका र निर्माण व्यवसायी संग यही फागुन १० गते भएको सम्झौता अनुसार ६÷६ मिटरको ६ वटा कल्बर्ट पुल, कज वे एउटा र ह्युमपाइप कल्बर्ट एउटा गरी जम्मा ८ वटा पुल निर्माण हुनेछन् । निर्माण कार्य आगामी असार मसान्त सम्ममा सम्पन्न गरिसक्नु पर्ने इन्जिनियर बोहोराले बताउनु भयो ।

वर्षायाममा पालिकाको वडा नं. ३ का वडावासीहरुलाई पालिकासम्म आवतजावत गर्न वैकल्पिक मार्ग नभएको आवस्थामा हाल निर्माण हुन लागेको पुल निर्माण पश्चात सहज हुने वडा अध्यक्ष पाख्रिनले बताउनु भयो । शिलान्यास कार्यक्रममा वडा नं. १ का अध्यक्ष यहुन्ना राई, निर्माण व्यवसायी नारायण ढकाल, सब इन्जिनियर राजेन्द्र बोहोरा लगायत वडा नं. ३ का स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*