दल र नेपाली जनताबीच दरिलो एकताभए मात्रै गणतन्त्रात्मक व्यवस्था संस्थागत हुन्छ : प्रधानमन्त्री प्रचण्ड

भूगाेल संवाददाता
१५ जेष्ठ २०८०, सोमबार १३:१४

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक दल र नेपाली जनताबीचको एकता र सहकार्य बलियो भएमात्रै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास हुने दाबी गरेका छन् ।

सोमबार सैनिक मञ्च टुँडीखेलमा आयोजित गणतन्त्र दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वभाविक रहेको पनि बताए ।

उनले महत्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुनसके मात्रै मुलुकलाई अघि बढाउन र राष्ट्रिय एकता जगलाई अझ बलियो बनाउन सकिने धारणा राखे ।

संविधान र कानूनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहज रुपमा गर्नसक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो हुन नसक्ने उनको भनाइ छ ।