भ्रष्टाचार नियन्त्रणका लागि सरकार गम्भीर भएन : प्रमुख आयुक्त प्रेमकुमार राई

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणका लागि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । आइतबार राष्ट्रिय सभा अन्तर्गत रहेको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले अख्तियारको एक्लो प्रयासले भ्रष्टाचार रोकथाम र नियन्त्रण नहुने भन्दै राज्यका मुख्य निकाय नै सक्षम हुनुपर्नेमा जोड दिए ।
राईले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियारको एक्लो प्रयासले सम्भव नभएको बताउँदै सरकार, समुदाय सबैको उत्तिकै भूमिका हुने उल्लेख गरे ।