सरकारले विद्युतको आन्तरिक खपत गर्न सकेन : गोकर्ण बिष्ट

काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण बिष्टले मुलुकमा विद्युतको आन्तरिक खपतको अवस्था कहालीलाग्दो रहेको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले सरकारले विद्युतको आन्तरिक खपत गर्न नसकेको आलोचना गर्नुभयो ।
उहाँले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा १० हजार मेगावाट विजुली भारतले खरिद गर्ने कुरा चर्चामा आएपनि जुनसुकै देशको ठेकेदार र कम्पनीबाट उत्पादित विजुली निर्वाध ढंगले पठाउने सन्दर्भमा कुनै सहमति भएको छ ? भन्दै प्रश्न गर्नुभयो ।
सांसद बिष्टले १० हजार मेगावाट विजुली निर्यात गर्नका लागि आवश्यक पर्ने संरचना निर्माणको प्रक्रियामा सरकार गम्भीर बन्न नसकेको बताउनुभयो ।