ललितपुर र सुनसरीमा लाखौँको चोरी

काठमाडौँ।ललितपुर र सुनसरी जिल्लामा लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । ललितपुर महानगरपालिका–२९ हरिसिद्धि बस्ने राज कुमार तिमिल्सिनाको घरबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न धनमाल आइतबार दिउँसो चोरी भएको हो । उता, सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहा देवीथान चोक बस्ने ५० वर्षीय डाक बहादुर पौडेलको घरबाट सुनका विभिन्न गरगहना तथा नगद २ लाख ६० हजार रुपैयाँ समेत गरी करिब २८ लाख १० हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।