सुनको मूल्य स्थिर, चाँदीको घट्यो

भूगाेल संवाददाता
१९ बैशाख २०८२, शुक्रबार ११:३२

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।