९ किलोग्राम गाँजासहित मोटरसाइकल चालक पक्राउ
हेटौंडा। उदयपुरको बेलका नगरपालिका–१ आमबासीबाट ९ किलोग्राम अवैध लागू औषध गाँजासहित एक जना व्यक्ति पक्राउ परेका छन्। सप्तरीको फत्तेपुरतर्फ गइरहेको प्रदेश १–०५–००१ प ९४७८ नम्बरको मोटरसाइकल आमबासीस्थित प्रहरी बिटबाट खटिएको टोलीले जाँच गर्दा चालकले बोकेको झोलामा लुकाइएको अवस्थामा ९ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक बेलका नगरपालिका–३, मोरङ्गे टोल निवासी करिब ३५ वर्षीय सुनिल श्रेष्ठलाई गाँजासहित नियन्त्रणमा लिइएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।