महाकाली नदीमा नुहाउन गएका दुई बालिका डुबेर बेपत्ता

भूगाेल संवाददाता
२६ श्रावण २०८२, आईतवार १६:३२

हेटौंडा। कञ्चनपुरमा महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भीमदत्त नगरपालिका– ११ कि अन्दाजी ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिए । उनीहरू आइतबार दिउँसो साढे १ बजेतिर नदीमा नुहाउनेक्रममा बगेर बेपत्ता भएका डीएसपी बोहराले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा खोजिरहेको बेपत्ता बालिकाहरूको खोजी भइरहेको छ ।