सुनसरीमा बस र माइक्रो ठोक्किंदा ३ जनाको मृत्यु, १५ जना घाइते

भूगाेल संवाददाता
२७ श्रावण २०८२, सोमबार १०:३०

हेटौंडा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किंदा तीन जनाको निधन भएको छ । १५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आज बिहान एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार निधन हुनेको पहिचान खुलेको छैन । घाइतेहरुको इनरुवा, विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ । प्रहरी प्रवक्ता खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए ।