४ लाखसहित जुवातास खेलेको आरोपमा १६ जना पक्राउ
भूगाेल संवाददाता
९ चैत्र २०८१, आईतवार १२:५९

काठमाडौं । ४ लाखसहित जुवातास खेलेको आरोपमा १६ जना नुवाकोट पक्राउ परेका छन् । शिवपुरी गाउँपालिका–६ खोले गाउँ बस्ने ३२ वर्षीय सुरेन्द्र तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सुरेन्द्र समेत १६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १२ हजार ८ सय रूपैयाँ, ६ बुक तास र ३२ थान कौडा सहित पक्राउ गरेको हो ।