नागढुंगाबाट बसका सहचालक १२ किलो चाँदीका गहनासहित पक्राउ

हेटौंडा। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेकप्वाइन्टबाट प्रहरीले चाँदीका गहनासहित एक जनालाई पक्राउ गरेको छ । वीरगन्जबाट आएको बा.प्र.–०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक अनिश कुमार सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले मंगलबार जानकारी दिए । ३२ वर्षीय अनिश कुमार सिंहले बसमा लुकाएको १२ किलो १७६ ग्राम चाँदीका गहना प्रहरीले बरामद गरेको छ । बाराको कलैया उपमहानगरपालिका–४ घर भएका सिंहमाथि प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।गहनाको बिल, बिजक फेला नपरेको एसपी बोहराले जानकारी दिए ।