क्यानडा पठाउँछु भनेर ७ लाख ठगेको आरोपमा युवती पक्राउ

भूगाेल संवाददाता
१४ जेष्ठ २०८२, मंगलवार १५:५५

काठमाडौँ। बेरोजगार मानिसहरूलाई क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको बराहपोखरी गाउँपालिका–५ घर भएर टोखा बस्ने ३४ वर्षीय सम्झना राई छिन् । उनलाई काठमाडौँ महानगरपालिका–१६ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले मंगलबार जानकारी दिए । आरोपीलाई थप अनुसन्धान र कारबाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा बुझाएको छ ।