सुन चाँदीकै मुल्य लगातार बढ्दै, सुन तोलाको एक लाख पाँच सय रुपैयाँ पुग्यो

भूगाेल संवाददाता
२५ मंसिर २०७९, आईतवार ११:१७

सुन चाँदीको मुल्य लगातार बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनकाे मुल्य तोलाको एक लाख पाँच सय रुपैयाँ पुगेको छ । लगातार बढेको सुनको मुल्य आज तोलामा २ सय रुपैयाँले बढेर एक लाख पाँच सय रुपैयाँ पुगेको हो ।

अस्ति शुक्रवार तोलामा ६ सय रुपैयाँले बढेर सुन तोलाको एक लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रवार १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीवार सुन तोलामा ९९ हजार ७ सय रुपैयाँमा र चाँदी १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुन–चाँदीको मुल्य बढेकाले त्यसको असर नेपालमा पनि परेको महासङ्घले जनाएको छ।