सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर

भूगाेल संवाददाता
७ बैशाख २०८१, शुक्रबार १०:२७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको सात जनालाई उपचारको लागि सिन्धु अस्पताल पुर्‍याइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले जानकारी दिए । दोलखाको भीमेश्वर नगरपालिपका-१ सुस्पाबाट सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका पिस्करमा जन्ती लिएर आएको बा४ ख ५६१६ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा ५५ जना सवार रहेकोमा अन्य यात्रु भने सामान्य घाइते भएको भण्डारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*