अमेरिकी र्‍यापर कान्ये वेस्टविरुद्ध मुद्दा दायर

भूगाेल संवाददाता
११ जेष्ठ २०८०, बिहीबार ११:१६

एजेन्सी । अमेरिकी र्‍यापर कान्ये वेस्टविरुद्ध ग्याप ब्रान्डले मुद्दा दायर गरेको छ।

ग्याप ब्रान्डले कान्येबीच कानूनी लडाई सुरु गर्दै २ मिलियन डलरको लो सुट फाइल गरेको हो । ग्यापले कान्येसँगको सहकार्य असफल भएको दाबी गरेको छ । यो मामलामा एकअर्काबीच आरोप प्रत्यारोप जारी छ ।

अदालतमा पेस भएको कागजात अनुसार मुद्दा भाडाको सम्पत्तिसँग सम्बन्धित छ। कागजातहरूका अनुसार कान्येले सम्पत्तिमा धेरै अनाधिकृत परिवर्तनहरू गरेका छन्। ब्रान्डले उनीहरुको अनुमति बिना नै यी परिवर्तनहरु गरेको बताएको छ । जसका कारण दुई पक्षबीच भएको सहमति भङ्ग भएको हो ।

ग्यापले कान्येमाथि कैयौं अन्य आरोप पनि लगाएको छ । कान्येको एकल निर्णयले २ मिलियन डलर क्षति भएको भन्दै त्यसको क्षतिपूर्ति मागिएको छ । यो विषयमा कान्येको कुनै प्रतिक्रिया आएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*