कोशी प्रदेश : समर्थन फिर्ता लिने निर्णयसंगै माओवादीका दुई मन्त्रीले दिए राजीनामा

भूगाेल संवाददाता
२३ जेष्ठ २०८०, मंगलवार १६:४२

विराटनगर । कोशी प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसंगै माओवादीका २ जना मन्त्रीले राजीनामा दिएका छन्।

माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईं र पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका हुन्।

मंगलबार विराटनगरमा वसेको माओवादी कैन्द्र प्रदेश पदाधिकारीको बैठक र कोशी प्रदेश संसदीय दलको बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।