एसईई दिएका विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम

हेटौंडा । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीहरुका लागि निःशुल्क कम्प्युटर तालिम प्रदान गरेको छ । गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाले पालिका भित्र रहेका ५ वटा विद्यालयलाई केन्द्र मानेर तालिम प्रदान गरिएको बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले जानकारी दिएका छन् । सूर्यज्योति माध्यमिक ताकुकोटमा ४३ जना, हिमालय माध्यमिक विद्यालय। बारपाकमा २४ जना , हिमालय माध्यमिक विद्यालय सौरपानीमा १७ जना, शैलपुत्री मा.वि. पाँचुखुवा देउरालीमा २३ जनार र अन्तरज्योति मा.वि. ताकुमा १५ जना गरी कुल जनाले तालिम लिइरहेका भट्टले बताएका हुन् । एसईई दिएर बसेका समयमा सीप प्रदान गर्न सकियो भने उनीहरुको दैनिक जीवनका लागि राम्रो हुने भएकाले विद्यालय र गाउँपालिकाको साझेदारीमा कक्षा सञ्चालन गरिएको बारपाक सुलिकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास आले मगरले बताएका हुन् । विद्यालयमा रहेका कम्प्युटर र प्रशिक्षक शिक्षकहरुको सहयोग लिएर न्युन खर्चमा तालिम सञ्चालन गरिएको र यसबाट विद्यार्थी तथा अभिभावकहरुलाई समेत लाभ भएको उनको भनाई थियो ।