हुन्डीको रकमसहित क्षेत्रपाटीबाट दुई जना पक्राउ
भूगाेल संवाददाता
३० जेष्ठ २०८२, बिहीबार १३:५१

काठमाडौँ। काठमाडौँको क्षेत्रपाटीबाट हुन्डीको रकमसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट घर भएका ३५ वर्षीय श्याम खड्का र ओखलढुंगा घर भएका ३४ वर्षीय धनबहादुर श्रेष्ठ रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूको साथबाट ३९ लाख ९९ हजार ४ सय रुपैयाँसमेत बरामद गरेको छ । एसपी काजीकुमार आचार्यले यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।