राउटे समुदायका जेष्ठ सदस्य कर्णबहादुर शाहीको निधन

दैलेख । लोपोन्मुख जाति राउटे समुदायका ज्येष्ठ सदस्य कर्णबहादुर शाहीको बुधवार निधन भएको छ । उनको ९४ वर्षको उमेरमा निधन भएको हो । अहिले राउटे समुदाय बस्दै आएको दैलेखको भैरबी गाउँपालिका–१ दारेघाट बस्तीमा उहाँको निधन भएको सोसेक नेपालको राउटे परियोजनाका सहजकर्ता लालबहादुर खत्रीले जानकारी दिनुभयो ।
हरेक २–३ महिनामा बस्ती सर्दै हिँड्ने नेपालको एक मात्र फिरन्ते जाति राउटे समुदायले मान्दै आएको हिन्दू धर्मसंस्कार अन्तर्गत बुधवार नै जमिनमा गाडिएको खत्रीले बताउनुभयो ।
राउटे समुदायमा ज्यान गएपछि बाँदर मार्ने जालमा गुथेर चिहानमा गाड्ने तथा गाड्दा हरेक घरबाट धान, चामल अनि नयाँ कपडा चढाएर गाड्ने चलन छ । मूल किरिया कोही पनि बस्न नपर्ने चलन छ ।
राउटे समुदायका सदस्य कोही निधन भएको ११–१३ दिनबीचको मंगलवार वा शनिवार पारेर सबैले कपडा धुने अनि मृतकको नाम कुखुरा काट्ने चलन छ ।
राउटे समुदायका सदस्यहरुको मृत्यु भएपछि बसिरहेको बस्ती एक हप्ताभित्र छोड्ने र नयाँ ठाउँमा सबैले कपडा धुने अनि मृतकको नाममा कुखुरा काटेर मासु खाइ शुद्ध हुने वा किरिया सकिने प्रचलन छ।
सरकारले जनसङ्ख्याघट्दै गएको लोपोन्मुख राउटे जातिको जनसङ्ख्याअब एक सय ४१ जना मात्र बाँकी रहेको छ ।