विदेशमा रहेका नेपालीहरुको पनि मतदाता नामावली संकलन हुने

काठमाडौं । विदेशमा रहेका नेपालीहरुको पनि मतदाता नामावली संकलन हुने भएको छ । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको पनि मतदाता संकलन गरिने तयारी थालेको हो ।
राष्ट्रियसभाको राष्ट्रिय तथा समन्वय समितिको आजको बैठकमा प्रिमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी साउन १ देखि विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गरिने जानकारी दिए ।
त्यसका लागि विदेशमा रहेका नेपालीलाई अनलाइनमार्फत नेपालमा आफ्नो स्थायी ठेगानामा मतदाता नामावली कायम हुने गरी प्रिरजिस्ट्रेसन गर्न लगाउने आयोगको तयारी छ ।
त्यसपछि सम्बन्धित देशको कुटनीतिक नियोगमा व्यक्तिको फोटो र औंठाछाप संकलन गर्ने आयोगले जनाएको छ । प्रमुख आयुक्त थपलियाका अनुसार पहिलो चरणमा खाडी मुलुकहरु युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन गरिनेछ ।