प्यूठानको स्वर्गद्वारीबाट फर्कदै गरेको कार दुर्घटना, ८ जना गम्भीर घाइते

भूगाेल संवाददाता
२९ जेष्ठ २०८०, सोमबार १६:५३

दाङ । प्यूठानको स्वर्गद्वारी मन्दिर नजिक कार दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन् । सोमबार स्वर्गद्वारी मन्दिरमा दर्शन गरी फर्किने क्रममा प्यूठानको भिग्री नजिक कार दुर्घटना भएको हो ।

लु १ च ६३४५ नम्वरको कार दुर्घटना हुँदा कारमा सवार २ पुरुष, २ महिला र ४ जना बालबालिका सहित ८ जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय भिग्रीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुवास खड्काका अनुसार दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई अस्पताल लैजाने काम भइरहेको छ ।