कोसी अस्पतालद्धारा जेष्ठ नागरिक, अशक्त र गर्भवतीका लागि छुट्टै काउन्टर सञ्चालनमा

भूगाेल संवाददाता
३१ जेष्ठ २०८०, बुधबार १७:०३

विराटनगर । कोसी अस्पतालले ज्येष्ठ नागरिक (७० वर्षमाथि) , अशक्त, गर्भवतीका लागि छुट्टै काउन्टर सञ्चालनमा ल्याएको छ । उनीहरूलाई टिकट र औषधि लिन सहज बनाउने उद्देश्यले छुट्टै काउन्टर सञ्चालनमा ल्याइएको हो ।

बुधबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला काउन्टर उद्घाटन गरेका छनु । यसले ज्येष्ठ नागरिक, अशक्त र गर्भवतीलाई टिकट काट्न तथा औषधि लिन सहज हुने अपेक्षा गरिएको छ ।
काउन्टर सञ्चालनमा आएपछि पहिलो टिकट सुनसरीको इनरुवाका बिर्खबहादुर सुवेदीले प्राप्त गरेका छन् । उनलाई मेयर कोइरालाले टिकट हस्तान्तरण गरे ।

अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराई, सदस्य मुकेश बुढाथोकी, निमित्त मेसु रविराज सिंहलगायतले यस कार्यले सुविधा थप हुने बताए ।