सरकारको मुख्यसचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त

भूगाेल संवाददाता
३२ जेष्ठ २०८०, बिहीबार ११:४२

काठमाडौं । सरकारले मुख्यसचिवमा डाक्टर वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सरकारको मुख्यसचिवमा डा.वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सचिवहरुमध्येमा वरिष्ठताका आधारमा अर्याललाई मुख्यसचिवमा नियुक्त गरिएको परराष्ट्रमन्त्री नारायणप्रसाद (एन पी) साउदले बताउनुभयो । उहाँले मन्त्रिपरिषद्को बैठकले मुख्यसचिवका रुपमा कार्यरत शङ्करदास बैरागीलाई भने राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको बताउनुभयो।

तीन महिनापछि अनिवार्य अवकाश पाउने बैरागीलाई सरकारले मुख्यसचिवबाट राजीनामा दिन लगाइ राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको हो ।