संखुवासभाको हेवा खोलामा आएको बाढीमा परि बेपत्ता हुनेको संख्या २१ पुग्यो

भूगाेल संवाददाता
३ असार २०८०, आईतवार १३:३५

संखुवासभा । संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २१ पुगेको छ । बाढीले बगाउँदा पाँचखपन–९ का सन्तोष राईको मृत्यु भएको छ ।

बाढीले चैनपुर ४ मा निर्माणाधीन सुपर होवा हाइड्रोपावरका १८ जना सम्पर्कबाहिर छन् । डीएसपी वीरेन्द्र गोदारका अनुसार सभापोखरीमा २ र नुनढाकीमा १ जना बेपत्ता भएका छन् । आइतबार बिहान सुपर होवा हाइड्रोपावरका २ जना प्रहरीको सम्पर्कमा आएका छन् ।

चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो जनधनको क्षति भएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।