ताप्लेजुङमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला

भूगाेल संवाददाता
३ असार २०८०, आईतवार १५:४९

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एक जनाको शव फेला परेको छ । ३० वर्षका गणेश तामाङको शव फेला परेको ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन लिम्बुले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, उहाँकी बुहारी ३३ वर्षीया सन्ध्या बुढाक्षेत्री र उहाँकै नाती नौ वर्षीय प्रज्ज्वल अझै बेपत्ता रहेका छन् । स्थानीयको सहयोगमा बेपत्ताहरूको खोजी भइरहेको डीएसपी लिम्बुले बताउनुभयो ।