देशभरका १७ जिल्लामा दादुरा संक्रमण फैलियो

भूगाेल संवाददाता
४ असार २०८०, सोमबार १४:११

काठमाडौं । काठमाडौंसहित देशका १७ जिल्लामा दादुरा संक्रमण फैलिएको छ ।

स्वास्थ्य खोप शाखाको तथ्यांकअनुसार आइतबारसम्म १७ जिल्लाका एक हजार २१ जनामा दादुरा संक्रमण पुष्टि भएको छ ।

महाशाखाका अनुसार काठमाडौं, अर्घाखाँची, बाजुरा, बाँके, बर्दिया, चितवन, दाङ, धनुषा, कैलाली, कञ्चनपुर, कपिलवस्तु, महोत्तरी, मोरङ, सर्लाही, सुनसरी, सुर्खेत र कालीकोटमा संक्रमण फैलिएको हो । संक्रमित हुनेमा नवजात शिशुदेखि ३७ वर्षसम्मका व्यक्ति छन् ।

काठमाडौंको गोकर्णेश्वरमा फैलिएको दादुरा संक्रमण भने पूर्णनियन्त्रणमा आएको छ । नगरको वडा नम्बर ९ स्थित ज्योवो कदम्पा विद्यालयका ६४ जनामा देखिएको दादुरा पूर्णनियन्त्रणमा आएको नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुबेदीले बताए ।

सरकारले दादुराविरुद्धको खोपलाई नियमित खोप कार्यक्रममा राखेको छ । जन्मिएको नौ महिना र १५ महिनामा गरी दुईपटक यो खोप लगाउनुपर्छ । एकजना संक्रमितले १८ जनासम्मलाई सार्न सक्ने भएकाले खोप लगाउनु नै दादुराबाट बच्ने प्रमुख उपाय हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*