भारतीय चलचित्र ‘आदिपुरुष’ देशभरका हलमा प्रदर्शनमा रोक

भूगाेल संवाददाता
४ असार २०८०, सोमबार १४:१९

काठमाडौं । भारतीय चलचित्र ‘आदिपुरुष’ देशभरका हलमा प्रदर्शनमा रोकिएको छ । चलचित्रको नेपाल वितरक कम्पनी श्री व्यंकटेश इन्टरटेनमेन्ट प्रा। लि।ले चलचित्रको प्रदर्शन नेपालभर रोकिएको जानकारी दिएको छ ।

“आदिपुरुष काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा प्रर्दशन बन्द भएको विषयमा विभिन्न भ्रामक समाचार प्रकाशित भएकोप्रति गम्भीर ध्यानकर्षण भएको छ । उक्त चलचित्र कामपाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा गरेको अभिव्यक्तिको आधारमा उपत्यका हल व्यवसायीले शान्ती सुरक्षाको कारण देखाएर प्रदर्शन स्थगित गरेको छ,” श्री व्यंकटेश इन्टरटेनमेन्ट प्रा। लि।ले भनेको छ, “देशका विभिन्न नगरपालिकाका मेयरले पनि बन्द गर्न आदेश दिएका कारणले प्रदर्शन बन्द भएको व्यहोरा अवगत गराइन्छ ।”

यसमा तपाइको मत

Your email address will not be published.


*