बालेनविरुद्ध सर्वोच्चमा अवलेहनाको मुद्धा दर्ता

भूगाेल संवाददाता
१० असार २०८०, आईतवार १३:४१

 

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दर्ता भएको छ । अधिवक्ता वर्षाकुमारी झाबाट दर्ता भएको उक्त मुद्दा न्यायाधीश प्रकाशकुमार ढुंगनाको इजलासमा सुनुवाइ हुँदै छ ।

शुक्रबार अधिवक्ता झाले सर्वोच्चमा बालेनविरुद्द अदालतको अवहेलनाको निवेदन दर्ता गराएकी थिइन् । उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरिविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश जारी भएसँगै बालेनले सामाजिक सञ्जालमार्फत आफूले आदेश नमान्ने बताएका थिए ।

उक्त अभिव्यक्तिले अदालतको अवहेलना हुने भन्दै अधिवक्ता झाले सर्वोच्चमा निवेदन दर्ता गराएकी हुन् । जसमाथि आजै प्रारम्भिक सुनुवाइ हुनेछ ।