सरकारले निर्माण व्यवसायीको समस्या तत्काल समाधान गर्नुपर्छस् सभापति सिंह

भूगाेल संवाददाता
१६ चैत्र २०८०, शुक्रबार १५:५१

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले निर्माण व्यवसायीहरूले भागेको समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने बताएका छन् । शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघको हेटौँडामा भएको २५ औँ वार्षिक साधारण सभामा बोल्दै सभापति सिंहले सरकारसँग यस्तो बताएका हुन् । उनले निर्माण व्यवसायीहरूले भुक्तानी,आयोजनाका माद थप जस्ता अन्य समस्याहरू भोग्दै आएको भन्दै सरकारकाले तत्काल समाधान गरी सहजीकरण गर्नुपर्नेमा जोड दिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालमाथि उद्योगी व्यवसायीहरूको भरोसा रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले तत्काल समाधान गर्न आवश्यक रहेको बताए । उनले पुरानो गठबन्धनमा प्रधानमन्त्रीलाई काम गर्न अप्ठ्यारो भएकाले केही समस्या आएको भन्दै अहिले नयाँ समीकरणमा काम गर्न सहज भएको बताए । उनले सरकारले निर्माण व्यवसायीहरुको ६० अर्ब रुपैयाँ तत्काल भुक्तानी दिन सक्नुपर्ने बताए । उनले भने, अहिले ६० अर्ब बढी निर्माण व्यवसायीहरूको रकम भुक्तानी सरकारले दिइरहेको छैन । बैंकको ब्याजदर पनि घटाउनु पर्छ । विद्यार्थी युवाहरू विदेश पलायन भइसके । एसइई पास गरेकाहरू खाडी गइसके । देश निर्माण गर्न उद्योगीहरू बाहेक कोही छैन । उनीहरूलाई पनि पलायन हुनबाट रोकौँ । कयौँ उद्योगहरू आत्महत्या गरिरहेका छन् । व्यवसायीहरूको समस्या समाधान गर्नुपर्छ ।’ उनले सरकारले युवा विद्यार्थीहरू सबै विदेश पलायन भएको र उद्योगी व्यवसायी मात्रै स्वदेशमा रहेकाले उद्योगी व्यवसायीहरूलाई पनि विदेश पलायनबाट रोक्न जरुरी रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*