हेटौंडा स्थित राप्ती नदी बगरमा बेवारिसे शव फेला

हेटौंडा । राप्ती नदीको बगरमा एक बेवहारिसे शव फेला परेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ११ थानाभर्याङ स्थित सुकुम्बासी टोल नजिकै राप्ती नदीको बगरमा मंगलबार साँझपख एक अज्ञात पुरुषको शव फेला परेको हो ।
अन्दाजी ३०÷३५ वर्षको पुरुष व्यक्तिको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानएको छ। उक्त शव बाढीले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक रवी कुमार पौडेलले बताए । शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको उनले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।