हेटौंडाको कर्रा पुल नजिकै बेवारिसे शव भेटियो

भूगाेल संवाददाता
१२ असार २०७९, आईतवार १४:५९

मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० कर्रा पुल नजिक एउटा वेवारिसे शव भेटिएको छ।

आइतबार विहान कर्रा पुल नजिकै नाम ठेगाना नखुलेको अन्दाजी ५०/५५ वर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार पुरुषको शव परिक्षणका लागि हेटौंडा अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*