एमाले मकवानपुरले गर्यो ४ प्रदेशसभा सदस्यका लागि २३ जनाको सिफारिस(नामसहित)

भूगाेल संवाददाता
१७ भाद्र २०७९, शुक्रबार १९:३९

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनको लागि नेकपा एमाले मकवानपुरका चारै प्रदेशसभा निर्वाचन क्षेत्रको लागि सिफारिस गरिएको छ ।

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र १ नं. क्षेत्रको प्रदेशसभा (क) बाट अणराज जर्गामगर, राजकुमार तिमल्सिना, दिलबहादुर घिसिङ्ग, कृष्णप्रसाद चा‌लागाई, कमल विष्ट, नारायण सापकोटा, दिपक न्यौपाने , सीता बिष्ट प्रदेशसभा (ख) बाट रघुनाथ खुलाल, श्रीधर पोखरेल, एकलाल श्रेष्ठ, भोजराज ढकाल, सम्राट तुम्बाहाम्फे, धुव्रप्रसाद चौलागाई, आरती पाठक, कुमार केसी प्रतिनिधिसभा २ नं. क्षेत्रको प्रदेशसभा (क) बाट बलराम बल, विष्णु ढकाल र चमेली बल प्रदेशसभा (ख)बाट लालबहादुर थापा, सुरेन्द्र पाठक, श्यामप्रसाद ढकाल र पम्फा रोक्का सिफारिस गरिएको छ ।

चारै प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठक बसी केन्द्रीय, प्रदेश र जिल्ला कमिटीको परिपत्र अनुसार उम्मेद्वारी सिफारिस गरिएको नेकपा एमाले जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताए । प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले गरेको सिफारिसमा भाद्र १९ गते बस्ने जिल्ला सचिवालय र भाद्र २० गते बस्ने जिल्ला कमिटी बैठकले थप सुझाव सहित केन्द्रीय र प्रदेश कमिटी मार्फत केन्द्रीय कमिटीमा पठाईने जिल्ला सचिव सिग्देलले बताए ।

आज एकैदिन बसेको चारै प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको छुट्टाछुट्टै बसेको बैठकमा केन्द्रीय कमिटीका सदस्य तथा जिल्ला ईन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, जुनेली श्रेष्ठ, भारती पाठक, केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेल, केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पौडेल, प्रदेश कमिटी उपसचिव महेश बर्तौला, प्रदेश कमिटीका सदस्यहरू, जिल्ला पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*