लेखक ध्रुव जोशीको ‘अनुभूतिका महक :’ लोकार्पण

भूगाेल संवाददाता
३ पुष २०७९, आईतवार १५:०६

लेखक ध्रुव जोशीको कविता संग्रह ‘अनुभूतिका महक ’ लोकार्पण भएको छ ।

जोशीद्वारा लेखिएका नेपाली र हिन्दी–उर्दू भाषाको कवितासंग्रह ‘अनुभूतिका महक ’ हिजो ललितपुर सानेपाको हेरिटेज गार्डेनमा एक समारोहबीच लोकापर्ण गरिएको हो ।

ललितपुर सानेपामा आयोजित कार्यक्रममा प्रमुख अतिथि कवि तथा संस्कृतिविद् तुलसी दिवसले कविता संग्रह सार्वजनिक गर्दै उमेरले मानिसको सिर्जनशीलतालाई नछेक्ने बताउनु भयो ।

कवि जोशीले ८० वर्षको उमेरमा कविताकृति प्रकाशनमा ल्याएकोमा शुभकामना दिँदै कवि दिवसले ध्रुव जोशी प्राविधिक क्षेत्रका व्यक्ति भए पनि एउटा मानिसमा सिर्जनशीलता र कवित्वको भाव हुनसक्ने उनको काव्यकृतिले स्पष्ट पारेको बताउनु भयो ।

कार्यक्रममा प्राडा कृष्णप्रसाद दाहाल र प्राडा सञ्जिता वर्माले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्नु भएको थियो । कृषि विज्ञ तथा कवि ध्रुव जोशीले जीवनलाई समयले प्रभावमा पारेकै कारण आफू भित्रको भावना लिएर कविताको महासागरमा आइपुगेको बताउनु भयो ।

नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले यो उमेरमा यसरी कृति सार्वजनिक गर्नु महत्वपर्ण रहेको आगामी दिनमा निरन्तरताको शुभकामना पनि दिनभयो । सार्वजनिक कविताकृति ‘रामहरि जोशी चन्द्रतीर्थ ट्रष्ट’को सहयोगार्थ प्रकाशित गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*