सुस्मिता थापा हत्याकाण्ड : आरोपित ५ जना जिल्ला अदालत मकवानपुरद्धारा कसुरदार ठहर

भूगाेल संवाददाता
२२ पुष २०७९, शुक्रबार ०६:१८

 

 

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ सुर्यचोक स्थित सुस्मिता थापा क्षेत्रीको हत्या अभियोगमा सासू, ससुरा, दुई नन्द र जुवाईलाई जिल्ला अदालत मकवानपुरले कसुरदार ठहर गरेको छ ।

वादी प्रतिवादी पक्षका कानुन व्यवसायीले ४ दिन सम्म बहस गरेका थिए । जिल्ला न्यायधिश श्री प्रसाद सन्जेलको ईजलाशले आज प्रतिवादीहरूलाई कसुरदार ठहर गर्दै सजाय निर्धारणका लागि एक महिनाभित्रै पेश गर्ने फैसला गरिएको छ ।

घरको भान्सा कोठामा षडयन्त्रपुर्वक हत्या गरेको अभियोगमा ससुरा प्रकाश थापा, सासू तुलसा कुमारी थापा, नन्द सीता थापा, दुर्गा थापा र जुवाई अरूण कार्किलाई जिल्ला अदालतले कसुरदार ठहर गरेको हो । उनीहरू पुर्पक्षका लागि हाल कारागारमै रहेका छन् ।

पीडीत पक्षका तर्फबाट जिल्ला न्यायधिवक्ता मुकुन्दहरी पौडेल, सहन्यायधिवक्ता राजेन्द्र पौडेल, अधिवक्ताहरू मदन दाहाल, बालकृष्ण अधिकारी, मन प्रसाद भट्टराई, अप्सरा बस्नेत लगायतले बहस गरेका थिए । प्रतिवादीहरूका तर्फबाट ईश्वरराज ढकाल, सुशील पोखरेल, पुष्क बहादुर थापा, निरज मैनाली, राम घिमिरेले बहस गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*