अबका तीन दिन यी नदीहरुमा पानीको बहाव उल्लेख्य बढ्ने,सतर्कता अपनाउन आग्रह

भूगाेल संवाददाता
८ असार २०८०, शुक्रबार ११:३९

काठमाडौं । देशका केही नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

यस दिन अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ, सल्यान, बाँके, कैलाली, कञ्चनपुर, डडेलधुरा र बैतडी भई बहने केही साना नदीहरूमा आकस्मिक बहावको जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

ती जिल्ला भई बहने नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै, अबका तीन दिन देशका अधिकांश प्रमुख तथा मझौला नदीहरूमा बहाव सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । बहाव भने बढ्दो हुने महाशाखाको पूर्वानुमान छ ।