सिन्धुलीमा एक महिलाको शव फेला

भूगाेल संवाददाता
२४ फाल्गुन २०८०, बिहीबार ११:३९

काठमाडौं । सिन्धुलीमा एक जना महिलाको शव फेला परेको छ ।

तीनपाटन नगरपालिका-४ बालाजोरगाउँमा सोही ठाउँकी ४२ वर्षीय खडकमाया भुजेलको शव फेला परेको प्रहरीले जनाएको छ ।
बुधबार राति साढे ९ बजे पाखाबारीमा शव फेला परेको खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा खडकमाया गत २० गतेदेखि बेपत्ता भएको खुलेको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टम गरी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।