नवलपरासीको सुनवलमा युवकद्वारा बुवा र छिमेकीको हत्या

हेटौंडा। नवलपरासीको सुनवलमा युवकले दुई जनाको हत्या गरेका छन् । सुनवल नगरपालिका–२ अवरहियाका २७ वर्षीय खेमराज थारूले बुवा ५० वर्षीय जयराम थारूको कोदालो प्रहार गरी हत्या गरेका हुन् । घटनालगत्तै सोधिखोजी गर्न पुगेका छिमेकी ७० वर्षीय नाधु धरिकारलाई पनि थारुले कोदालो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी विरदत्त पन्तले जानकारी दिनुभयो । हत्यामा संलग्न युवकलाई कोदालोसहित पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।